काठमाडौं, भाद्र ९, बिहिबार। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीमा अत्याधिक चलखेलका कारण चुनावको मुखमा किस्ता किस्तामा काज सरुवा गरिरहेको छ । अत्याधिक चलखेलकै कारण प्रहरी सरुवा नियमित हुन सकिरहेको छैन। बुधबार पाँच एसपी र १८ डिएसपीको काज सरुवा गरियो । एसपी सरुवामा दाङको प्रहरी प्रमुख मात्र फेरिए । दाङमा राम्रो छवी नभएका वीरबहादुर ओलीलाई पठाइएको छ । चलखेलकै आधारमा उनलाई दाङ पठाइएको छ । बाँके र सुर्खेतमा भने सरुवाको निर्णण हुन सकेको छैन । ती जिल्लाका एसपीको कार्यकाल १५ महिना भइसकेको छ ।
प्रहरी महानिरीक्षक र गृह मन्त्रालयले पठाउन चाहेका व्यक्ति फरक फरक भएकाले सरुवाको निर्णय हुन नसकेको हो । बाँके जान खोजेका एसपी सन्तोषसिंह राठौरले केन्द्रीय कार्यदलमा सरुवा गरिएको छ । त्यस्तै, सल्यानका डिएसपी पनि फेरिएका छन् । जहाँ दामेदार केसीलाई पठाइएको छ । त्यस्तै सर्लाहीको इप्रका बरहथवामा महेन्द्र कुमार मिश्र तथा सिंहदरबार गणमा रुपेश खड्कालाई जिम्मेवारी दिइएको छ । अत्याधिक चलखेलका कारण प्रहरी सरुवामा काज विकृती बढेको छ । चुनावको मुखमा प्रहरीमा कांग्रसीकरण भएको चर्चा प्रहरी प्रधान कार्यालयम छ।




