आज नेप्सेमा १८.३० अंकको गिरावट

`

     २०७९ भाद्र ०९ गते ३:३०

काठमाडौँ, भदौ ९ । आज नेप्से परिसूचक नेप्से १८.३० अंकले घटेर २०३९ अंकमा कायम भएको छ । कुल १ अर्ब ७१ करोड रुपैयाँको कारोबार भयो ।

उपसूचकहरू बैंकिङ ४, विकास बैंक ५७, फाइनान्स ३७, होटल तथा पर्यटन ४१, जलविद्युत् ३९, जीवन बीमा ५८, उत्पादन ७९, माइक्रोफाइनान्स २७, निर्जीवन बीमा २१, अन्य ३३ र ब्यापार २० अंक घटे । १५ कम्पनीको मात्रै मूल्य बढ्यो भने १६८ को घट्दा ४ को स्थिर रह्यो । अपरहेवाखोलाको मूल्य १० प्रतिशत बढ्यो । रुरुको ८.९ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा हिमाल दोलखा, रिडी, नेस्डो, अरुणकाबेली र राधि विद्युत् क्रमशस् अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?