बार्सिलोना र म्यानचेस्टर सिटीले मैत्रीपूर्ण खेलमा ३–३ गोलको बराबरी

`

     २०७९ भाद्र ०९ गते ८:०३

एजेन्सी, भदौ ९ । बार्सिलोना र म्यानचेस्टर सिटीले मैत्रीपूर्ण खेलमा रोमाञ्चक बराबरी खेलेका छन् । क्याम्प नोउमा गएराति भएको खेलमा क्याटलान र इङ्लिश क्लबले ३–३ गोलको बराबरी खेलेका हुन् । घरेलु टोली बार्सिलोनाका लागि पिएरे एमेरिक औवामियाङ, फ्रान्की डि जोङ र मेम्फिस डिपाएले गोल गरे ।

सिटीका जुलयिन अल्भारेज, कोल पाल्मेर र रियाद महारेजले गोल गरेपछि खेल बराबरीमा टुंगियो । नशासम्बन्धि घातक रोग एम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस ९एएलएस० बारे सचेतना जगाउन मैत्रीपूर्ण खेल आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?