इंग्लिस प्रिमियर लिग अन्तर्गत आज म्यानचेस्टर युनाइटेड र लिभरपुल प्रतिस्पर्धा गर्दै

`

     २०७९ भाद्र ०६ गते ५:२८

काठमाडौं, भदौ ६ । इंग्लिस प्रिमियर लिगको तेस्रो साताअन्तर्गत सोमबार राति म्यानचेस्टर युनाइटेड र लिभरपुल प्रतिस्पर्धा गर्दैछन् । सुरुवति दुई खेलमा पराजित युनाइटेड घरेलु मैदानमा लिभरपुलविरुद्ध जितको खोजीमा हुनेछ । नेपाली समयअनुसार खेल राति १२ः४५ बजे युनाइटेडको वर्ल्ड ट्राफोर्डमा हुनेछ ।

नयाँ सिजनको पहिलो खेलमा घरेलु मैदानमा ब्राइटनसँग २–० को नतिजामा पराजित युनाइटेडले अहिलेसम्म एक गोल पनि गरेको छैन ।

यस्तै, दोस्रो खेलमा ब्रेन्टफोर्डसँग ४९० को पराजय भोगेको युनाइटेडका मुख्य प्रशिक्षक एरिक टेन हाग जसरी पनि जित निकाल्नु पर्ने दबाबमा छन् । यता, लिभरपुल पनि तीन अंक खोस्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ ।

पहिलो खेलमा फुलहमसँग २–२ गोलको बराबरीमा रोकिएको लिभरपुलले अहिलेसम्म जित निकाल्न सकेको छैन । घरेलु मैदान एन्फिल्डमा भएको दोस्रो खेलमा लिभरपुल क्रिस्टल प्यालेसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?