युरो स्कुलको आयोजनामा युरो कप प्रतियोगिता आजदेखि हुने

`

     २०७९ भाद्र ०६ गते ८:५१

काठमाडौं, भदौ ५ । युरो स्कुलको आयोजनामा युरो कप प्रतियोगिता आजदेखि हुने भएको छ । प्रतियोगितामा ब्वाइजमा १८ तथा गर्ल्समा १२ गरी ३० टिमको सहभागिता रहने युरोकी प्रबन्ध निर्देशक एवं प्रिन्सिपल शैलजा आचार्यले आइतबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

आचार्यले विद्यार्थीमा रहेको प्रतिभालाई प्रस्फुटन गर्न अवसर दिनुका साथै प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताउदै यु–१७ उमेर समूहमा प्रतिस्पर्धा हुने बताइन् । दुवै समूहमा सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने प्रतियोगिता संयोजक डिकेश प्रधानले बताए ।

नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगिताका खेलहरु हात्तीगौडास्थित आयोजकको आफ्नै कोर्टमा हुनेछ । पत्रकार सम्मेलनमा युरोकी भाइस प्रिसिपल एन्जिला तामाङ, स्कुल प्रमुख एलेक्स एलेसनलगायतको उपस्थिति थियो । फाइनल भदौ १३ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?