एजेन्सी, भदौ ६ । गए राति भएको खेलमा पिएसजीले लिलमाथि उसकै मैदानमा ७–१ को फराकिलो जित दर्ता गरेको हो।
पिएसजीको जितमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दा नेयमारले दुई तथा लियोनेल मेसी र अचरफ हाकिमीले समान एक गोल गरे। लिलका जोनाथन बम्वाले एक गोल फर्काए । पिएसजीले पहिलो हाफमै ४–० को अग्रता बनाउँदा दोस्रो हाफमा थप तीन गोल गर्यो।
लिलको मैदानमा आइतबार राति भएको खेलमा पहिलो मिनेटमै एमबाप्पेले गोल गरेका थिए। खेल सुरू भएको ८ सेकेन्डमै गोल गरेका उनले लियोनेल मेसीको पासमा उत्कृष्ट फिनिसिङ गरेका थिए।
यस्तै खेलको २७ औं मिनेटमा मेसीले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे। ३९ औं मिनेटमा अचरफ हाकिमीले गोल गर्दा पिएसजी ३–० ले अघि बढ्यो। उनले नेयमारको पासमा गोल गरेका थिए।
५४औं मिनेटमा जोनाथनले गोल गर्दै खेललाई ५–१ को स्थितिमा ल्याए। त्यसपछि एमबाप्पेले ६६औं मिनेटमा गोल गर्दै खेललाई ६-१ मा पुर्याए। उनले नेइमारको पासमा उत्कृष्ट गोल गरे।
त्यसपछि खेल सकिन ३ मिनेट बाँकी हुँदा नेइमारकै पासमा गोल गर्दै एम्बाप्पेले ह्याट्रिक पुरा गरे। यो सँगै पिएसजी ७-१ को फराकिलो अन्तरमा विजयी भयो।
यो जितसँगै अपराजित रहेको पिएसजी ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ। पराजित लिल ४ अंक जोडेर १२औं स्थानमा रहेको छ ।




