आज नेप्सेमा ७.७ अंकको गिरावट

`

     २०७९ भाद्र ०५ गते ३:३०

काठमाडौँ, भदौ ५ । आज आइतबार सेयर बजारको परिसूचक नेप्से ७.७ अंकले घटेको छ । सो अंकको कमीपछि परिसूचक २०६० अंकमा कायम भएको छ । बजार खुल्दा बढेको नेप्से १२ मिनेटमै २०८८ अंकसम्म पुगेको थियो । कुल २ अर्ब ४ करोड रुपैयाँको कारोबार भयो ।

बैंकिङ १, होटल तथा पर्यटन २९, उत्पादन २२ र निर्जीवन बीमा उपसमूह ८ अंक बढे । ब्यापार ४१, अन्य २५, माइक्रोफाइनान्स ७, जीवन बीमा ३७, जलविद्युत् २८, फाइनान्स १६ र विकास बैंक उपसमूह ३५ अंक घटे । कुल ४७ कम्पनीको मूल्य बढ्दा १३२ को घट्यो भने ८ को स्थिर रह्यो । दुई कम्पनीहरु मन्दाकिनी र अपर हेवाखोला हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा रिडी, अपी पावर, नेस्डो, टेलिकम र हिमालयन डिस्टिलरी क्रमशस् अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?