प्रिमियर लिग फुटबलमा आज बिभिन्न तीन खेलहरु हुँदै

`

     २०७९ भाद्र ०५ गते ३:२३

एजेन्सी, भदौ ५  ।  प्रिमियर लिग फुटबलमा आज ९आइतबार० बिभिन्न तीन खेलहरु हुँदैछन् । आज हुने पहिलो खेलमा चेल्सीले लिड्स युनाइटेडको सामना गर्दैछ । लिड्सको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ६ः ४५ मा सुरु हुनेछ ।

आजको खेलमा चेल्सी दोस्रो जितको खोजीमा हुनेछ । चेल्सीले अघिल्ला दुई खेलमा एक बराबरी र एकमा जित निकालेको थियो ।

यता लिड्सको पनि नतिजा त्यही छ । यसै समयमा हुने अर्को खेलमा वेस्ट हमले ब्राइटनसँग प्रतिस्पर्धा गर्दैछ । आज हुने अन्तिम खेलमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडसँग खेल्दै वेस्ट हमले ब्राइटनसँग प्रतिस्पर्धा गर्दैछ । आज हुने अन्तिम खेलमा म्यान्चेस्टर सिटीले न्युक्यासल युनाइटेडसँग खेल्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ९ः १५ मा सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै सिटी तालिकाको शीर्ष स्थानमा उक्लने योजनामा छ । सिटीले यसअघिका २ खेलमा सहज जित निकालेको छ । यता न्युक्यासल भने दोस्रो जितको खोजीमा हुनेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?