स्पेनिस ला लिगामा रियल म्याड्रिडले सानदार जित

`

     २०७९ भाद्र ०५ गते ८:४८

एजेन्सी, भदौ ५ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले सानदार जित निकालेको छ । गएराति भएको खेलमा रियलले सेल्टा डि भिगोलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

रियलको जितमा कप्तान करिम बेन्जेमा, लुका मोड्रिच, भिनिसियस जुयिनर र फेडे भाल्भेर्डेले गोल गरे । घरेलु टोलीका इयागो आसपासले १ गोल फर्काए ।

खेलको १४औं मिनेटमा कप्तान बेन्जेमाको पेनाल्टी गोलबाट रियलले सुरुवाती अग्रता लिएको थियो । २३औं मिनेटम इयागोले पेनाल्टीमार्फत नै गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

४१औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । ५६औं मिनेटमा भिनिसियसले मोड्रिचकै पासमा गोल गर्दै अग्रसर बन्यो । ६६औं मिनेटमा फेडे भाल्भेर्डेले भिनिसियसको पासमा गोल गरेपछि रियल खेलमा ४–१ ले अघि बढ्यो । त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा खेल रियलले जित्यो ।

लगातार दोस्रो जितसँगै रियल ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ६ अंक नै रहेपनि रियल बेटिस र ओसासुना गोलअन्तरमा पछि छ । पराजित सेल्टा १ अंक जोडेर १४औं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?