दाङमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

`

     २०७९ श्रावण २९ गते १०:४८

काठमाडौँ, साउन २९ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडी खेल्ने क्रममा डुबेर घोराही उपमहानगरपालिका-२ रामपुर बुकाका २६ वर्षीय निराजन पोख्रेलको ज्यान गएको हो ।

सशस्त्र प्रहरी बल नेपाल ४१ नम्बर गण हेटक्वाटर अर्जुन खोलाका डिएसपी नवीन बुढाथोकीका अनुसार पोख्रेल शनिबार साथीहरूसँग पौडी खेल्न गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?