काठमाडौँ, साउन २५ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको १ घरमा केहीबेर अगाडि आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा आगालागी भएको बताएको छ । अहिले उक्त स्थानमा प्रहरी टोली पुगिसकेको छ । यस्तै आगालागी नियन्त्रणमा लिन दमकलको समेत प्रयोग भइरहेको प्रहरीले बताएको छ ।




