कोभिड १९ को सङ्क्रमण बढेपछि टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द

`

     २०७९ श्रावण २५ गते ८:३१

काठमाडौँ, साउन २५ । कोभिड १९ भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् ।

गाउँपालिकाले मङ्गलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो । शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले बताएको छ ।

स्वास्थ्य कार्यालय भोजपुरका अनुसार यस गापमा सबैभन्दा बढी सङ्क्रण देखिएको छ । यहाँ एकै दिनमा ५५ जनामा कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबारसम्म जिल्लामा ५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बताएको छ ।

सङ्क्रमणको अवस्था हेरेर बन्द विद्यालय सञ्चालन गरिने गाउँपालिकाको शिक्षा शाखाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?