आज नेप्सेमा ३४.६१ अंकको गिरावट

`

     २०७९ श्रावण २० गते २:२२

काठमाडौँ, साउन २० । आज नेप्सेमा ३४.६१ अंकको गिरावट भएको छ । यस दिन बजारको पुँजीकरण ३० खर्ब १५ अर्बमा झरेको छ । यसअघि बिहीबार पुँजीकरण ३० खर्ब ६५ अर्ब थियो ।

सो अंकको गिरावटपछि परिसूचक २११३ अंकमा कायम भएको छ । कुल २ अर्ब ६२ करोड रुपैयाँको कारोबार भयो । सबैजसो उपसमूह घटेका छन् । बैंकिङ २२, विकास बैंक ८६, फाइनान्स ६५, होटल तथा पर्यटन २५, जलविद्युत् ३९, जीवन बीमा ११९, उत्पादन ६७, माइक्रोफाइनान्स ११६, निर्जीवन बीमा ९५, अन्य ९ र ब्यापार उपसमूह ६२ अंक घटे । कुल २१ कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो । जोशी हाइड्रोको मूल्य सबैभन्दा धेरै ५.९ प्रतिशत बढ्यो । मैलुङखोलाको सबैभन्दा धेरै ७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, नबिल बैंक, हिमालयन डिस्टिलरी, अपी पावर र अरुण काबेली पावर क्रमशस् अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?