थप ७६० जना सङ्क्रमित

`

     २०७९ श्रावण १९ गते ४:४१

काठमाडौँ, श्रावण १९ । पछिल्लो २४ घण्टामा नेपालमा थप ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा ३२४ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । बिहीबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ६०२ पुगेको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ४७ हजार ३४१ जनाले खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?