ललितपुरको पुल्चोकमा १ जना मृत फेला

`

     २०७९ श्रावण १८ गते २:३९

काठमाडौँ, साउन १८ । ललितपुरको पुल्चोकमा १ जना मृत फेला परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार दार्जिलिङ घर भएका ६२ वर्षीय राजकुमार क्षेत्री झुण्डिएको अवस्थामा भेटिएको हो ।

क्षेत्रीले बिहान अबेरसम्म ढोका नखोलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । पंखाको हुकमा सलमा पासो लागेर झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?