काठमाडौँ, साउन १५ । प्रि(सिजन टूर अन्तर्गत बार्सिलोनाले न्युयोर्क रेड बुल्सलाई २-० गोल अन्तरले पराजित गरेको छ ।
बार्सिलोनाको जितमा ओसमान डेम्बेले र मेम्पिस डिपेले १-१ गोल गरेका थिए । यस खेलमा रेड बुल्सका डानियल एडेलम्यानले रातो कार्ड पाएका थिए ।
बार्सिलोनाले अब अर्को खेल जोन गाम्पर ट्रफी अन्तर्गत मेक्सिकन क्लब पुमास उनामविरुद्ध खेल्ने छ ।




