काठमाडौं, साउन १३ । नेपालमा पछिल्लो २४ घण्टामा ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने २जनाको मृत्यु भएको छ । ४,२८२ को नमुना परीक्षण गरिएकोमा आरटी पिसिआर विधिबाट ३९१ र एन्टीजेन विधिबाट १८६ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
यससँगै सक्रिय संक्रमितको संख्या ४३५६ पुगेको छ । सो अवधिमा २६९ कोरोनाको संक्रमणबाट मुक्तसमेत भएका छन् ।




