पछिल्लो २४ घण्टामा ७१० जनामा कोरोनाको संक्रमण पुष्टि

`

     २०७९ श्रावण १२ गते ५:०७

काठमाडौं, साउन १२ । पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोनाको संक्रमण पुष्टि भएका छ । ५ हजार २५ जनामा गरिएको नमुना परीक्षणमा आरटी पिसिआर विधिबाट ५२४ र एन्टिजेन विधिबाट १८६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी बताएको छ ।

यससँगै सक्रिय संक्रमितको संख्या ४,२३६ पुगेको छ । यस्तै २१५ जना डिस्चार्जसमेत भएका छन् । भने २ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?