प्रतिस्पर्धात्मक खेलमा फ्रान्सलाई २-१ गोलले पराजित गर्दै जर्मनी युरो च्याम्पियनसीपको फाइनलमा

`

     २०७९ श्रावण १२ गते ८:३६

काठमाडौं, साउन १२ । प्रतिस्पर्धात्मक खेलमा फ्रान्सलाई २-१ अन्तरले पराजित गर्दै जर्मनी महिला युरो च्याम्पियनसीप २०२२ को फाइनलमा प्रवेश गरेको छ । जर्मनीले उपाधिका लागि घरेलु टोली इंग्ल्यान्डको सामना गर्नेछ ।

बुधबार राति पहिलो हाफ १-१ स्थितिमा सकिदा दोस्रो हाफमा जर्मनीले गोल गरेको थियो ।

एलेक्जान्ड्रा पोपले खेलको ४०औं मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाइन। पहिलो हाफ सकिन १ मिनेट अघि जर्मनीकै मेर्ली फ्रोहमसले आत्माघाती गोल गर्दा फ्रान्स १-१ को अवस्थामा आइपुग्यो । ७६औं मिनेटमा पोपले दोस्रो गोल गर्दै जर्मनीको जित सुनिस्चित गरिन ।

फाइनल खेल वेल्बली रंगशालामा आइतबार राति हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?