काठमाडौं, साउन ११ । नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का निर्वाचित महिला वडा सदस्य ५४ वर्षीया सुकुमई तामाङको खोलाले बगाएर मङ्गलबार साँझ मृत्यु भएको छ । खेतमा काम गरेर फर्कने क्रममा वडा नं १० स्थित द्धारिका टहरोमा खोला तर्ने क्रममा उनलाई बगाएको हो ।
तामाङको शव करिब एक किलोमिटर तल वडा नं १२ को रैकरे चौतीसमा भेटिएको खड्काले बताए । उनी गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा ९एमाले०बाट महिला सदस्यमा निर्वाचित भएका थिए।




