मैत्रीपूर्ण खेलमा बार्सिलोना र युभेन्ट्स २-२ गोलको बराबरीमा

`

     २०७९ श्रावण ११ गते ८:३७

काठमाडौं, साउन ११ । सिजन सुरू हुनुअघिको मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्ट्सले बराबरी खेलेका छन् । अमेरिकाको टेक्सासमा बुधबार विहान सकिएको खेलमा दुवै टिमले २-२ गोलको बराबरी खेलेका हुन्।

प्रि-सिजन भ्रमणका लागि अमेरिकामा रहेको बार्सिलोनाले खेलमा २ पटक अग्रता लिएर पनि जोगाउन सकेन । खेलको ३४ मिनेटमा उस्मान डेम्बेलेको गोलबाट बार्सिलोनाले खेलमा अग्रता लियो।

१ मिनेटपछि बार्सिलोनाले खेलमा दोस्रो पटक अग्रता लिन सफल भयो। यसपटक पनि डेम्बेलेले नै गोल गर्न सफल भए।

पहिलो हाफमा २-१ गोलले पछि परेको युभेन्ट्सले दोस्रो हाफ सुरु भएको छैटौं मिनेटमा बराबरी गोल गर्‍यो। उसका लागि किनले नै दोस्रो गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?