पछिल्लो २४ घण्टामा ६३८ जनामा कोरोना संक्रमण पुष्टि

`

     २०७९ श्रावण १० गते ३:४८

काठमाडौं, साउन १० । कोरोना संक्रमितको संख्या उकालो लाग्न थालेको छ । पछिल्लो २४ घण्टामा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको नमुना परीक्षण गर्दा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो तथ्यांकअनुसार सक्रिय संक्रमितको संख्या ३७१४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?