काठमाडौँ, साउन १० । मंगलबार सेयर बजारको परिसूचक ४४.८० अंक घटेसँगै २०८८ अंकमा झरेको छ । मंगलबार ३ अर्ब ७० करोड रुपैयाँको कारोबार भएको छ । यसअघि सोमबार ४ अर्ब १० करोडको भएको थियो ।
१६५ कम्पनीको मूल्य घट्यो भने १५ को बढ्यो । सबै उपसमूह घटेका छन् । बैंकिङ २५, विकास बैंक ११४, फाइनान्स ५२, होटल तथा पर्यटन ७८, जलविद्युत् ४८, जीवन बीमा १३३, उत्पादन ९४, लघुवित्त ११०, निर्जीवन बीमा १०३, अन्य ५७ र ब्यापार ५० अंक घटे । मल्टिपर्पोज फाइनान्सको मूल्य सबैभन्दा धेरै ९.३ प्रतिशत बढ्यो ।
गणपति लघुवित्तको मूल्य सबैभन्दा धेरै ६.८ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, अरुणकाबेली पावर, अरुणभ्याली हाइड्रोपावर, हिमालयन डिस्टिलरी र राधि विद्युत् क्रमशस् अगाडि रहे ।




