कल्चौड्या खोलाले बगाएर १२ वर्षीया बालिका बेपत्ता

`

     २०७९ श्रावण १० गते १:०६

काठमाडौँ, साउन १० । महाकाली नगरपालिका–२ स्थित कल्चौड्या खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । मंगलबार बिहान घाँस काट्न जाने क्रममा घर फर्कंदा महाकाली नगरपालिका–३ की १२ वर्षीया कविता बडाल बेपत्ता भएको स्थानीय भोजराज जोशीले बताए ।

बालिकासँगै रहेकी उनकी काकी नन्दा बडाललाई भने खोलाले बगाउँदा बेहोस् भएकी छन् । बेपत्ता बालिकालाई स्थानीयसँगै हुष्कर मावि काटैका एनसीसी तालिम लिइरहेका विद्यार्थीहरुले खोजी रहेको भोजराजले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?