पहिरोले घर पुरिँदा १ जनाको मृत्यु

`

     २०७९ श्रावण १० गते १२:२३

काठमाडौं, साउन १० । धादिङमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । निलकण्ठ नगरपालिका वडा नम्बर ४ को बेसारेस्थित बेशीघरमा पहिरोले घर पुरिँदा शर्मिला रानाको मृत्यु भएको प्रहरीले जनाएको छ।

गए राति पहिरोले घर पुरिएको थियो। घरमा रहेकी उनलाई पहिरोले पुरेको थियो। प्रहरी र स्थानीयले शव पहिरोबाट निकालेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?