काठमाडौँ, साउन १० । सल्यानमा जुवातास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बाग्चौर नगरपालिका–२ थारमारेस्थित इन्द्रेणी होटलमा जुवातास खेलिरहेका ६ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।
गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रनि कनकबहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले होटल साहु ४१ वर्षीय खुमबहादुर ओली, ३४ वर्षीय शालिकराम बस्नेत, ३० वर्षीय राहुल केसी, ३४ वर्षीय विवेक डिसी, २५ वर्षीय लालमणि केसीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्कालेबताएका छन् ।
जुवातास खेलिरहेकाबाट ३७ हजार २ सय नगद, आठ मोबाइल, तीन थान पर्स, पाँच गडडी बरामद गरेको उनले जानकारी गराए । पक्राउमा परेका सबैलाई इलाका प्रहरी कार्यालय थारमारे राखिएको र ७ दिने म्याद थप गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाएको उनको भनाइ छ ।




