म्यानचेस्टर युनाइटेडको क्रिस्टियानो रोनाल्डोलाई क्लब छोड्न नयाँ शर्त

`

     २०७९ श्रावण ०९ गते ३:४७

काठमाडौँ, साउन ९ । म्यानचेस्टर युनाइटेडले क्रिस्टियानो रोनाल्डोलाई क्लब छोड्न नयाँ शर्त अगाडी सरेको छ । मिडिया रिपोर्टका अनुसार रोनाल्डोले एक बर्षको सम्झौता नवीकरण गरेमा लोनमा जान अनुमति दिने शर्त अगाडी सारेको बताइएको छ ।

मिररले प्रकाशित गरेको रिपोर्टका अनुसार क्लबले २०२४ सम्म सम्झौता नवीकरण गरेमा कुनै क्लबमा लोनमा जान अनुमति दिने उल्लेख गरिएको छ ।

युनाइटेडमा रोनाल्डोको आउदो जुनसम्म सम्झौता रहेको छ । म्यानचेस्टर युनाइटेडले रोनाल्डोको च्याम्पियन्स लिग खेल्ने चाहना पुरा गर्न यस्तो शर्त अगाडी सारेको मिडिया रिपोर्टमा उल्लेख छ ।

रोनाल्डोलाई ला लिगा क्लब एटलेटिको म्याड्रिडले लोनमा भित्र्याउने चाहना देखाएको बताइएको छ ।अहिले रोनाल्डोले युनाइटेडको प्रि(सिजन टूरमा पारिवारिक कारण देखाएर अनुपस्थित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?