१९ खर्ब बराबरको आयात, गत वर्षको तुलनामा ३ खर्ब ८० अर्ब भन्दा बढी आयात

`

     २०७९ श्रावण ०९ गते १२:१०

काठमाडौँ, ९ साउन । नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा विभिन्न देशबाट १९ खर्ब २० अर्बभन्दा बढीको वस्तुहरु आयात गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा गत आर्थिक वर्ष २०७८/७९ मा नेपालको आयात व्यापार २४.७२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष नेपालले विभिन्न देशबाट १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख ६८ हजार रुपैयाँको वस्तुहरु आयात गरेको थियो ।

अघिल्लो वर्षभन्दा गत वर्ष नेपालले ३ खर्ब ८० अर्ब ६१ करोड १२ लाख ८१ हजार रुपैयाँ बढीको वस्तु आयात गरेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?