नेपाल भलिबल सङ्घको बैठक सुरु

`

     २०७९ श्रावण ०५ गते १२:३०

काठमाडौँ, ५ साउन । नेपाल भलिबल संघ (एनभीए) को आठौं पूर्ण बैठक सुरु भएको छ ।

नेपाल भलिबल संघको केन्द्रिय चुनावको मिति तय गर्नका लागि बैठक बसेको हो । बैठकमा संघका पदाधिकारी, जिल्ला तथा प्रदेशका संघका अध्यक्षको उपस्थिति रहेको छ ।

आजको बैठकले निर्वाचन गर्ने मिति तय गर्ने, बाग्मती प्रदेशको निर्वाचनमा देखिएको विवादको समाधान, राष्ट्रिय महिला तथा पुरुष एनभिए च्याम्पियनसिपमा भएको विवादको बारेमा पनि छलफल गरेर निष्कर्ष निकालिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?