आज नेप्सेमा ४.८९ अंकका वृद्धि

`

     २०७९ श्रावण ०४ गते ५:२१

काठमाडौं, साउन ४ । आज नेप्सेमा ४.८९ अंकका वृद्धि भएको छ । बुधबार ४१ लाख ३३ हजार ७०९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७३ करोड १८ लाखको कारोबार भएको छ ।

बुधबार बैंकिङ व्यापार, होटल तथा पर्यटन, हाइड्रोपावर र जीवन बीमा उपसूचक घटेका छन् भने विकास बैंक वित्त कम्पनी लगायतका उपसूचकमा वृद्धि भएको छ ।

बुधबार धेरै मूल्य बढ्नेमा मल्टिपर्पस फाइनान्स लिमिटेड रहेको छ । कम्पनीको सेयरमूल्य ५.६९ प्रतिशतले वृद्धि भएको छ । यस्तै, कर्णाली डेभलपमेन्ट बैंकको ४.३५ प्रतिशत र शिवम् सिमेन्टको सेयरमूल्य ३.८७ प्रतिशतले वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?