प्रहरीले बाँकेमा १ वर्षको अवधिमा ६ करोड रुपैयाँ बराबरका चोरीको सामान बरामद

`

     २०७९ श्रावण ०४ गते १:०२

काठमाडौँ, साउन ४ । प्रहरीले बाँकेमा १ वर्षको अवधिमा ६ करोड रुपैयाँ बराबरका चोरी पैठारीको सामान बरामद गरेको छ ।

खुला सीमाको फाइदा उठाएर भन्सार छली गरेर ल्याएका सामान बरामद गरेको हो । २०७८/७९ मा ५ करोड ९० लाख ५४ हजारका सामान बरामद गरेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकरी दिए ।

त्यसमा २ करोड ५० लाखको अवैध मालसामान छन् । चोरी पैठारी गर्ने ५३ जना पक्राउ परेको प्रहरीले जनाएको छ । ‘खुला सीमा धेरै भएकाले चोरी पैठारीको समस्या बढी देखिएको छ,’ प्रहरी उपरीक्षक अधिकारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?