काठमाडौँ, ३ साउन । अखिल नेपाल फुटबल संघको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।
सोमबार बस्ने तय भएको दोस्रो केन्द्रीय कार्यसमिति बैठक स्थगित भएसंगै अर्को बैठक बिहीबार बस्ने भएको छ।
एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ सोमबार बिरामी भएपछि मेडिसिटी अस्पतालमा भर्ना भएपछि बैठक स्थगित भएको थियो। उनी सोमबार नै अस्पतालबाट डिस्चार्ज भएका थिए।




