काठमाडौँ, साउन २ । कास्कीमा १ जना १३ वर्षीया बालिकालाई बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा पोखरा महानगरपालिका–१३ बस्ने २४ वर्षीय खिम बहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ ।
बिकले ती बालिकालाई ललाई फकाई शुक्रबार राति सोही महानगरपालिका–५ लब्लीडाँडामा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनीमाथि जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।




