सशस्त्र प्रहरी रौतहटले १ सय ९२ किलो गाँजा सहित एउटा गाडी नियन्त्रणमा लिए

`

     २०७९ श्रावण ०२ गते ११:५७

काठमाडौँ, साउन २ । सशस्त्र प्रहरी बल रौतहटले १ सय ९२ किलो गाँजा सहित एउटा गाडी नियन्त्रणमा लिएको छ । रौतहटको राजपुर नगरपालिका वडा नं। ६ कुडियाबाट सशस्त्र प्रहरीले सो गाँजा बरामद गरेको हो ।

कुडियास्थित आँपको बगैंचामा पार्किङ गरी राखिएको भारतीय नम्बर डिएल सिएनबी ६२२९ नम्बरको स्कारपियो गाडीबाट सशस्त्र प्रहरीले सो गाँजा बरामद गरेको हो ।

विशेष सूचनाका आधारमा खटिएको सुरक्षा टोलीले नियन्त्रणमा लिएको सवारी साधन र बरामद भएको गाँजालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाएको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?