बलात्कार आरोपमा धनकुटा सहिदभूमि गाउँपालिका–५ का वडाध्यक्ष पक्राउ

`

     २०७९ आषाढ २६ गते ११:०१

काठमाडौँ, असार २६ । धनकुटा सहिदभूमि गाउँपालिका–५ का वडाअध्यक्ष सन्तोष राईलाई प्रहरी पक्राउ गरेको छ। २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा वडाअध्यक्ष राईलाई प्रहरी पक्राउ गरेको हो ।

राईले शुक्रबार एक एक महिलालाई होटलमा लगि बन्धक बनाई बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध शनिबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि धनकुटा बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जीवी दाहालले बताए ।

धनकुटाको हिले घुम्न जाउँ भनि बोलाएर वसन्तपुर पुर्याइ राति होटलमै बन्धक बनाइ राखि बलात्कार गरेको पीडित पक्षले दिएको उजुरीमा उल्लेख छ।

घटनास्थल तेह्रथुम भएकाले कारबाहीको प्रक्रियाको लागि तेह्रथुम प्रहरीलाई जिम्मा लगाउने प्रहरीले जनाएको छ । आरोपित राई नेपाली कांग्रेसबाट उम्मेदवार बनी वडा अध्यक्षमा निर्वाचित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?