१४ वर्षीया बालिका बलात्कार

`

     २०७९ आषाढ २४ गते १०:१२

काठमाडौँ, असार २४ । सल्यानमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन् । कुमाख गाउँपालिका १ शान्तिबजार घर भएकी बालिका बिहीबार राति २ पुरुषबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक विक्रम कुँवरका अनुसार ठूलीआमाका घर गएकी उनलाई एक्लै भएको मौका छोपी बलात्कार गरी सोही राती नै ति २ पुरुष फरार भएका थिए ।

बालिका बलात्कार गर्ने २ पुरुष जाजरकोट जिल्लाको भेरी नगरपालिका १२ नलगाडका २३ वर्षीय रमेश भण्डारी र २१ वर्षीय डिल्ली बस्नेत रहेको पीडितका आफन्तले दिएको उजुरी दिएको हो ।

बालिकाको अस्पतालमा उपचार भइरहेको छ । पक्राउमा परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय सल्यान ल्याउन थालिएको र जिल्ला प्रहरी कार्यालय सल्यानको टोली उक्त क्षेत्रमा गइसकेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?