एसएसपी भरतले जिल्ला प्रहरी परिसर काठमाडौंको कमाण्ड सम्हालेका छन्

`

     २०७९ आषाढ २३ गते ३:२९

काठमाडौं, असार २३ । प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) भरत बहादुर बोहराले जिल्ला प्रहरी परिसर काठमाडौंको कमाण्ड सम्हालेका छन् । गृहमन्त्री बालकृष्ण खाणले बुधवार बोहरासहित ६ जना एसएसपीलाई काज सरुवा गर्ने निर्णय गरेका थिए ।

कार्यभार सम्हाले​सँगै एसएसपी बोहराले गुण्डागर्दीविरुद्ध शुन्य सहनशीलता अपनाउन निर्देशन दिएका छन् ।

बोहरा प्रहरी प्रधान कार्यालयस्थित प्रशासन महाशाखाबाट काठमाडौंमा सरुवा भएका हुन् । प्रहरी उपरिक्षक हुँदा उनले केन्द्रीय प्रहरी विशेष कार्यदल र एसएसपी हुँदा संघीय प्रहरी इकाइ कार्यालय पोखरामा काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?