काठमाडौं, असार २० । अफ्रिकन कप अफ नेसन्स १ वर्ष पछि सरेको छ । आइभरी कोस्टमा आगामी वर्ष २०२३ को जुन र जुलाईमा हुने भनिएको प्रतियोगिता सन् २०२४ सम्मका लागि सरेको हो ।
कन्फेडेरेसन अफ अफ्रिकी फुटबल (काफ)ले वर्षाको समयमा प्रतियोगिता हुन नसक्ने भएकाले सारिएको बताएको छ । क्यामरुनमा भएको अघिल्लो संस्करणको उपाधि सेनेगलले जितेको थियो ।




