५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि २३ लाख फाइजर खोप काठमाडौँ आइपुग्यो

`

     २०७९ आषाढ १९ गते २:३०
  • 31
    Shares

काठमाडौँ, १९ असार । ५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको करिब थप २३ लाख मात्रा फाइजर खोप काठमाडौं आइपुगेको छ ।

स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख डा। सुरेन्द्र चौरासियाले कोभ्याक्स सुविधामार्फत २२ लाख ९९ हजार २ सय मात्रा पेडियाट्रिक डोज खोप आइतबार आइपुगेको बताए ।

चौरासियाका अनुसार खोप अभियान सञ्चालन गरिएका २७ जिल्ला पहिलो मात्रा लगाउन छुटेका बालबालिकालाई सो खोप दिइनेछ । बाँकी दोस्रो मात्राका लागि राखिनेछ ।

यसभन्दा अगाडि कोभ्याक्स सुविधामार्फत २२ लाख ३ हजार २ सय मात्रा खोप नेपाल आएको थियो । ५ देखि ११ बर्षसम्मका ३९ लाख बालबालिकालाई ८४ लाख डोज कोभ्याक्स सुविधामार्फत नेपाललाई चार पटक गरी उपलब्ध गराउने छ ।

इनस १५ देखि माइनस २५ डिग्री सेल्सियसमा ३१ दिनसम्म मात्रै भण्डारण गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?