कैलालीमा अवैध लागू औषधसहित ३ जना पक्राउ

`

     २०७९ आषाढ १९ गते १:५६

काठमाडौँ, १९ असार । कैलालीमा अवैध लागूऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा टिकापुर नगरपालिका–२ बस्ने १८ वर्षीय किशोर सहित ३ जना छन् । उनीहरुको साथबाट १ ग्राम १ सय ७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने डल्लो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?