चौथो त्रैमाससम्ममा सरकारले २ खर्ब ३१ अर्ब रुपैयाँ भन्दा बढी आन्तरिक ऋण उठायो

`

     २०७९ आषाढ १९ गते १२:४६
  • 2
    Shares

काठमाडौँ, १९ असार । चालु आर्थिक वर्षको चौथो त्रैमाससम्ममा सरकारले २ खर्ब ३१ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाएको छ । आर्थिक वर्षको असार अन्तसम्ममा सरकारले केन्द्रीय बैंकमार्फत विभिन्न बिल–बिजक, ऋणपत्र तथा बचतपत्र गरी कुल २ खर्ब ३१ अर्ब ३० करोड ३० लाख रुपैयाँ ऋण उठाएको हो ।

सो अवधिमा विभिन्न समयका ट्रेजरी बिलमार्फत १ खर्ब ३९ अर्ब ९१ करोड ६६ लाख रुपैयाँ उठाएकोमा विकास ऋणपत्रमार्फत १ खर्ब २४ अर्ब ५० करोड रुपैयाँ, नागरिक बचतपत्रमार्फत २ अर्ब ८२ करोड ९८ लाख रुपैयाँ र वैदेशिक रोजगार बचतपत्रमार्फत ५ करोड ६७ लाख रुपैयाँ ऋण स्वरूप उठाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

सरकारले आवश्यक पर्दा राष्ट्र बैंकमार्फत विभिन्न औजार प्रयोग गरी आन्तरिक ऋण उठाउने गर्छ । सोही विधिमार्फत चालु आर्थिक वर्षमा सरकारले २ खर्ब ३१ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?