डी जोङ पीएसभीमा अनुबन्ध

`

     २०७९ आषाढ १९ गते १०:५३

एजेन्सी, १९ असार । नेदरल्यान्ड्सको क्लब पीएसभीले स्ट्राइकर लुक डी जोङलाई अनुबन्ध गरेको छ ।

स्ट्राइकर डी जोङले डच क्लब पीएसभीसँग तीन वर्षको सम्झौता गरेका छन् । डी जोङले गत सिजन बार्सिलोनामा बिताएका थिए ।

बार्सिलोनामा उनले २१ लिग खेल खेल्दै ६ गोल गरेका थिए । उनी सन् २०१९ मा उनी पीएसभीबाट स्पेनिस क्लब गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?