अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

`

     २०७९ आषाढ १४ गते ४:३९

काठमाडौँ, १४ असार । सडक निर्माणमा अनियमितता गरेको आरोपमा रुपन्देहीको ओमसतिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

ओमसतिया गाउँपालिका वडा नम्बर ४ मटेरिया गाउँको मुख्य सडक निर्माण गर्दा गुणस्तरहीन काम गरेको आरोपमा अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, इन्जिनियर लवकुश चाई र सब इन्जिनियर सन्तोष भुसाल तथा सडक निर्माण उपभोक्ता समिति अध्यक्ष गजतराज यादव र सचिव धर्मराज खरविन्दविरुद्ध बिगो, कैद र जरिवाना तथा अनियमितता भएको रकम आरोपितबाट भराउनु पर्ने मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?