काठमाडौं, असार १२ । समग्रमा ५.१० प्रतिशतले बढेको बजारमा नेप्से परिसूचक ९४.९२ अंकले बढेर १९५६.९८ को बिन्दूमा पुगेको छ ।
कुल २३० कम्पनीको सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा आइतबार २१ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबारमा आएका सबै कम्पनीको सेयर मूल्य बढ्दा कुल कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ ।
विकास बैंक उपसमूह सबै भन्दा धेरै ८.३० प्रतिशतले बढ्यो भने फाइन्यन्स, हाइड्रोपावर र व्यापार उपसमूहमा पनि ७ प्रतिशतमाथिको बृद्धि देखिएको छ ।