शेखर कोइरालाद्वारा पेट्रोलियम पदार्थमा कर हटाउन सुझाव

`

     २०७९ आषाढ १० गते ९:१८

काठमाडौँ, १० असार । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले अहिलेका लागि पेट्रोलियम पदार्थका कर हटाउन सरकारलाई सुझाव दिएका छन् ।

जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाइराख्न कर नलिन निर्णय गर्न र अन्तर्राष्ट्रिय बजारमा मूल्य नघट्दासम्म​ कायम राख्नुपर्ने उनले सुझाएका हुन् ।

उनले भन्सार र प्रज्ञापन शुल्क आधा मात्र लिन र बाँकी कर हटाउन भनेका हुन् । कोइरालाले ट्वीट गर्दै भनेका छन्, ‘जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाई राख्न सरकारले पेट्रोलियम पदार्थको मुल्यमा लाग्ने पूर्वाधार कर रु १०, सडक मर्मत कर रु ४ र भन्सार र प्रज्ञापन शुल्क रु २५.२३ को आधा रु १२.६२ गरी जम्मा रु २६.६२ प्रति लिटर अन्तर्राष्ट्रिय बजारमा मूल्य नघट्दासम्म नलिने निर्णय गरोस।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?