काठमाडौँ, असार ९ । आजको दिन नेप्से कुल ४५.२५ अंकले घटेको छ । सेयर बजार अघिल्लो बुलको सबैभन्दा उच्च बिन्दु १८८१ (१२ साउन २०७३) लाई पनि मिच्दै १८४८ बिन्दुमा आएर रोकिएको छ ।
सबै उपसमूहहरु राताम्य रहेको बिहीबार जलविद्युत, विकास बैंक, लगानीसहितका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
बिहीबार कुल २३७ वटा कम्पनीको ३३ हजार ४६० वटा कारोबारबाट ५० लाख ८ हजार ७७१ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब ४९ करोड ९७ लाख ९ हजार ६३५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
घट्दो बजारमा पनि आँधीखोला लघुवित्तको सेयरमा पोजेटिभ सर्किट लाग्यो । यसको मूल्य ९६०.७० रुपैयाँ पुगेको छ । सीईओसी नेपाल लघुवित्तको मूल्य ९.९९ प्रतिशतले बढेर ६०५.३० रुपैयाँ पुगेको छ ।
बिहीबार सबैभन्दा धेरै गुमाउने कम्पनीमा शिवश्री हाइड्रो रह्यो । ९.५६ प्रतिशत कम भएको यो कम्पनीको मूल्य २२७ रुपैयाँमा झरेको छ । लिवर्टी इनर्जीको मूल्य ९.२१ प्रतिशत ओरालो लाग्दा २०७ रुपैयाँमा झरेको छ । सामलिङ पावर, एनआईबीएल प्रगती फण्ड, जोशी हाइड्रोसहितका कम्पनीको मूल्य बढी घटेको छ ।