५ वर्षीया बालिकालाई करणी गरेको आरोपमा १ युवक पक्राउ

`

     २०७९ आषाढ ०९ गते ११:२६

काठमाडौँ, असार ९ । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ चकरी बस्ने १८ वर्षीय १ किशोरलाई प्रहरीले पक्राउ गरेको छ । बालिकालाई ती किशोरले घरमा कोही नभएको अवस्थामा ललाई फकाई जंगलमा लगेर जबरजस्ती करणी गरेको आरोप छ ।

खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको टोलीले
ति युवकलाई बुधबार राति पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?