मोनाकोले लिभरपुलका फरवार्ड मिनामिनोलाई अनुबन्ध गर्ने

`

     २०७९ आषाढ ०८ गते ११:५५

काठमाडौं, असार ८ । मोनाकोले लिभरपुलका फरवार्ड टाकुमी मिनामिनोलाई अनुबन्ध गर्ने भएको छ । गोल डटकमका अनुसार फ्रेन्च क्लबले मिनामिनोका लागि १.८ करोड युरो खर्चन तयार भएको हो ।

जापानी खेलाडीलाई अनुबन्ध गर्न प्रिमियर लिग क्लब लिड्स र साउथ ह्याम्पटनले पनि प्रयास गरेका थिए । गत सिजन लिभरपुलका लागि २४ खेल खेल्दै मिनामिनोले १० गोल गरेका थिए ।

सन् २०२० को जनवरीमा रेड बुल साल्जवर्गबाट लिभरपुल आएका टाकुमी मिनामिनोले लिभरपुललाई २ घरेलु कप प्रतियोगिता जिताउन प्रमुख भूमिका खेलेका थिए । काराबाओ अप र एफए कपमा उनी सर्वाधिक गोलकर्ता बनेका थिए । तर उनी फाइनलमा खेल्न पाएनन् भए प्रिमियर लिगमा एउटा खेलमा मात्र सुरुवात गरेका थिए भने जम्मा ९ खेलमात्र खेलेका थिए । यो सिजन फाबियो काराभाल्हो र डार्विन नुनेज भित्रिएपछि उनले खेल्ने समय झन् कम पाउने भएपछि २७ वर्षीय खेलाडीले क्लब छाड्ने निर्णय गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?