काठमाडौं, असार ५ । तेस्रो टी–२० खेलमा युगान्डाविरुद्ध टस जितेर नेपालले ब्याटिङ जारी । कीर्तिपुरस्थित त्रिवि मैदानमा कप्तान रुविना क्षेत्रीले टस जितेर सुरुवाती ब्याटिङ गर्ने निर्णय गरेकी हुन् ।
जारी खेलमा नेपालले १० ओभर खेल्दा दुई विकेट गुमाएर ३८ रन बनाएको छ । श्रृंखलालाई युगान्डा लगातार तेस्रो खेल जित्ने योजनामा छ । यदि आइतबारको खेल जिते युगान्डाले श्रृखंला २ खेलअघि नै आफ्नो नियन्त्रणमा राख्नेछ ।
त्यसैले नेपाल आइतबारको खेल जित्दै श्रृंखलालाई पुनरागमन गर्न चाहन्छ । पहिलो खेलमा युगान्डा १२ रन र दोस्रो खेलमा १ विकेटले विजयी भएको थियो । यसपछि दुई खेल हुनेछ ।




