काठमाडौं असार ३ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलको आयोजक शहर र रंगशालाको नाम सार्वजनिक गरेको हो । सन् २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुनेछ ।
जसका लागि १६ शहरको १६ रंगशालाको नाम सार्वजनिक गरेको हो । विश्वकपको खेलहरु अमेरिकाको ११ शहर, मेक्सिकोको ३ र क्यानडाको २ शहरमा आयोजना हुनेछ । सन् २०२६ को विश्वकपमा ४८ राष्ट्रको सहभागिता रहने छ ।
यूएसमा हुने खेलहरु, मर्सिडीज–बेन्ज स्टेडियम (एटलान्टा), एटी एन्ड टी स्टेडियम (डलास), जिलेट स्टेडियम (बोस्टन), एनआरजी स्टेडियम (ह्युस्टन), एरोहेड स्टेडियम (कन्सास सिटी), सोफी स्टेडियम (लस एन्जलस), हार्ड रक स्टेडियम (मियामी) समावेश छन् । मेटलाइफ स्टेडियम (न्यूयोर्क–न्यू जर्सी), लिंकन फाइनान्सियल फिल्ड (फिलाडेल्फिया), लेभिस स्टेडियम (सान फ्रान्सिस्को) र लुमेन फिल्ड (सिएटल) मा हुनेछन् ।




